Wednesday, December 20, 2017

हेल्लो सरकारका रमाइला ट्विट हरु

हेल्लो सरकारका रमाइला तथा रोचक ट्विटहरु यस प्रकार रहेका छन्:



म झुक्दै नझुक्ने नेपालको छोरो
 २
सुझाबका लागि धन्यवाद
 ३
कृपया युनिकोडको प्रयोग गरिदिनु होला
 ४
व्यक्तिगत सुझाबको लागि धन्यवाद




हेल्लो सरकार  अाफै रनभुल्लमा
 ६
ट्रम्पको जिजको खुशियाली??
 ७

हेल्लो सरकार स्वमं पिडित ?



सुझाबको लागि धन्यवाद



१८‌‌+ को लागि मात्र

Saturday, September 1, 2012

हेल्लो सरकार संकटमा

अनिल कपूर शैलीमा खोलिएको " हेल्लो सरकार " प्रयोजन बिहिन  बन्दै गएको छ | स्थापनाको सुरुवाती दिनहरुमा निकै नै चर्चा बटुलेपनि आएका समस्याहरु को उपयुक्त समाधान निकाल्न नसक्दा हेल्लो सरकारमा गुनासोहरु निकै कम आउने गरेको जानकारी प्रधानमन्त्री कार्यालयका एक कर्मचारीले दिए | 
उनका  अनुसार पहिले दिनहु आउने फोन उठाउन समेत कर्मचारीहरु लाई धौ - धौ हुने गरेकोमा आजकल कर्मचारीहरु फेसबुक चलाएर फोनको पर्खाईमा बस्दै आएका छन् | अघिल्लो हप्ता ६ वटा मात्र गुनासो सर्वसाधारणले गरेको मध्ये ५ वटा गुनासो प्रधानमन्त्रीको राजिनामाका बिषयमा थिए | प्रधानमन्त्री कार्यालयले यसमा बिपक्षीहरुको घुसपैठ हुन सक्ने आसंका गरेको छ  | उता जनताहरु भने जति गुनासो गरे पनि अहिलेसम्म कुनै गुनासो सम्बोधन नभएकोले आजकल गुनासो गर्नै छाडेको प्रतिक्रिया दिन्छन | भ्रस्टाचार बिरुद्द शून्य सहनशीलता अपनाउछु भन्ने प्रधानमन्त्री भट्टराई  भ्रस्टाचार बिरुद्द लाग्ने मान्छेहरु माथि नै शून्य सहनशीलता अबलम्बन गर्न लागेको तथा हिन्दी सिनेमाबाट निकै प्रभावित रहेको भन्दै सर्वसाधारणहरु उनिसंग रुष्ट छन् | 

                                                                                                                               तस्विर सौजन्य-लेक्सलिम्बु डट कम 



उता नेपाली चलचित्र विकास बोर्डले समेत प्रधानमन्त्री भट्टराईको हिन्दी चलचित्र मोहलाई मन  पराएको छैन | " चौतर्फी रुपमा नेपाली चलचित्रमा मौलिकता हुनुपर्यो भन्ने आवाज उठिरहेको बेलामा प्रधानमन्त्री जस्तो व्यक्तिले नै हिन्दी चलचित्रको नक्कल गरेमा मौलिक धारमा चलचित्र बनाउने निर्देशक हतोत्साहितहुने तथा यसले नेपाली चलचित्र बिधालाई निकै पछिल्तिर धकेल्ने भएकाले स्वदेशी चलचित्रका नायकको अभिनय नक्कलगर्न चलचित्र विकास बोर्ड प्रधानमन्त्रीसमक्ष बिनम्र अनुरोध गर्दछ " - चलचित्र विकास बोर्डले जारी गरेको बिज्ञप्तिमा भनिएको छ  |

Friday, August 31, 2012

फेसबुक संस्थापक मार्क जुकर्रवर्ग नेपाल आउदै

सामाजिक संजाल फेसबुकका संस्थापक मार्क जुकर्रवर्ग यहि ओक्टोबर / नोवेम्बरमा नेपाल भ्रमणमा आउने भएका छन् | उनले उक्त कुराको पुस्टि आफ्नो फेसबुक मार्फत गरेका हुन् | पचास हजार भन्दा ज्यादा लाईक उक्त स्टासस मा उनले लेखेका छन् - " हुर्रे ! बर्षौ देखिको मेरो नेपाल आउने सपना अब पूरा हुने भएको छ | यहि ओक्टोबरमा मा मेरी पत्नीको साथ नेपाल आउदै छु " | उनको यो स्टाससलाई हजारौं नेपाली फेसबुक प्रयोगकर्ताहरु ले शेयर गर्दै जुकर्रवर्गको वाल मा गएर " वेलकम टू नेपाल मार्क " लेख्ने क्रम जारी छ | नेपाली फेसबुक प्रयोगकर्ता संजालले भने जुकर्रवर्गको उक्त भ्रमणलाई उपलब्धिमूलक बनाउनको लागि ११ सदस्यीय कार्यसमिति गठन गरेको छ | उक्त समितिले जुकर्रवर्गलाई फेसबुकको नेपाली बजारको बारेमा जानकारी दिनुको  साथै नेपालमै फेसबुकको सर्भर तथा क्याम्पस स्थापना गर्न पहल गर्ने जानकारी एक सदस्यले दिए | उनले भने - " नेपालको भौगोलिक बनावट तथा यहाको मौसम सबै कुराले उपयुक्त रहेकाले स्थानीय सर्भर तथा क्याम्पस निर्माण गर्न पहल गरिनेछ " | श्रोतका अनुसार उनको नेपाल आगमनको समय पारेर यसको लागि सरकारी स्तरबाटै पहल गर्न सरकारलाई आग्रह गर्न आजै बाट समिति लागिपरेको छ |


                                                                गत वर्ष  भीयतनाम भ्रमणको फाइल तस्विर





गत बर्ष भीयतनामको भ्रमण गर्दा भैसीमा चढेको आफ्नो तस्विर अपलोड गरेर चर्चा बटुलेका  जुकर्रवर्गले नेपाल बसाईको क्रममा पनि त्यस्तै केहि अनौठो काम गरेर चर्चा कमाउनेछन् भन्ने बहस फेसबुक प्रयोगकर्ता माझ आजकल चलीरहेको छ |

दलहरु बिच चाडै सहमति गर्ने सहमति

तीन दलका शिर्ष नेताहरुको हिजो बसेको बैठकले दलहरु बिचको असहमतिका बिषयमा नयाँ चिराबाट सहमति खोज्ने निर्णय गरेको छ | गोकर्ण रिसोर्टमा रात्रिभोज सहित भएको उक्त बैठकमा तीन दलका १५ भन्दा बढी शक्तिशाली नेताहरुको उपस्थिति रहेको थियो | बैठकपछि संछिप्त प्रतिक्रिया दिदै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल " प्रचण्ड " ले भने - " वास्तबमा आजको तीन दलको बैठकले आज एउटा ठुलो सहमति गरेको छ | असहमतिका बिषयमा चाडैनै सहमति गर्नुपर्नेमा कसैको असहमति रहेन | नेपाली शान्ति प्रक्रियामा अहिले सम्मको ठुलो उपलब्धि यही नै हो " | हिजोको बैठकको निर्णय बारे काँग्रेस नेता रामचन्द्र पौडेलले लन्डनबाट छोराले चलाउने गरेको आफ्नो फेसबुक एकाउन्टमा लेखेका छन् - " कांग्रेसले पहिले देखि नै सहमतिको कुनै विकल्प छैन भन्दै आएको हो | अब शान्ति, संबिधान र  प्रधानमन्त्री सबै मा एकै पटक सहमति गरिन्छ " | एमाले कार्यकर्ताहरु को  निमन्त्रणामा अमेरिका पुगेका एमाले नेता माधवकुमार नेपालले सहमति भएको जानकारी पाउने बित्तिकै प्रचण्डलाई फोन गरेर बधाई दिएको दाबी सूत्रहरु ले गरेका छन्  |




                                                                                                                                         तस्बिर सौजन्य: नेपाल २४ आवोर्स डट कम




उता एमालेका अर्का प्रभावशाली नेता के. पी. ओली भने दलहरुको उक्त सहमति हुदै गर्दा हिजै राती स्वास्थ्य उपचारको लागि भनेर दिल्ली प्रस्थान गरेका छन्  | असंलग्न राष्ट्रहरुको शिखर सम्मेलनमा भाग लिन इरानको तेहरान पुगेका प्रधानमन्त्री बाबुराम भट्टराईले भने दलहरु को उक्त निर्णयको बारेमा आफुलाई कुनै जानकारी नभएको तथा आफ्नै नेतृत्वको सरकारले शान्ति र संबिधानका बाकीं काम पूरा गर्ने जानकारी पुत्री मनाशी भट्टराईको ट्वीटरबाट गराएका छन् |


प्रधानमन्त्री भट्टराई लोडसेडिंग सम्मेलनमा भाग लिन दक्षिण अफ्रिका जादै

असंलग्न राष्ट्रको  शिखर  सम्मेलनमा भाग लिन इरान जानुभएका प्रधानमन्त्री बाबुराम भट्टराई प्रथम  बिश्व  लोडसेडिंग सम्मेलनमा भाग लिन दक्षिण अफ्रिका जानु हुने भएको छ | श्रोतका अनुसार प्रधानमन्त्री भट्टराईले उक्त सम्मेलनमा लोडसेडिंगका बाबजुद नेपालले गरेको प्रगति तथा नेपालीहरु को सहनशीलता को बारेमा समेत  बोल्नुहुने कार्यक्रम तय भएको छ | प्रधानमन्त्री कार्यालयका प्रबक्ताले उक्त खबर को पुस्टि गर्दै भने - " नेपालबाट इरान जाने बेला सम्म उक्त सम्मेलनको औपचारिक निमन्त्रणा नआएको भए पनि हिजो राती रास्ट्र संघका महासचिव वान की मुन संग को भेटमा नेपाली प्रधानमन्त्रीलाई उक्त सम्मेलनमा सहभागिता जनाउन आग्रह गरिएको थियो |  नेपालको राजनीतिक स्थिति पनि सहज रहेको तथा प्रधानमन्त्रीकालको आफ्नो अन्तिम विदेश भ्रमण हुन सक्ने भएकाले उहाँले बिश्व  लोडसेडिंग सम्मेलनमा भाग लिने निघो गर्नु भएको हो "| कार्यक्रमको बारेमा थप जानकारी प्राप्त भए पनि उक्त सम्मेलनमा प्रधानमन्त्री भट्टराईले आफ्ना बिदेशी  समकक्षीहरुलाई भेटेर  नेपाल भ्रमणको निम्ति आमन्त्रण गर्ने  तथा लोडसेडिंगको उपयोगिताबारे जानकारी दिने तयारी नेपाली टोलीले गरेको छ |

प्रधामन्त्री भट्टराई इरानजाने क्रममा  ( तस्बिर सौजन्य: इकान्तिपुर डट कम )


यता बिपक्षी दलले भने प्रधानमन्त्रीको यो भ्रमणको आलोचना गरेका छन् | रिपोर्टस क्लबमा आयोजित एक कार्यक्रममा नेपाली काँग्रेसका एक नेताले भने - " प्रधानमन्त्रीको उक्त कदम सरासर गलत छ | छिट्टै नेपाल फर्केर सत्ताको साचोँ बिपक्षी दललाई सुम्पनुको सट्टा पुन: अर्को देश को भ्रमणमा प्रधानमन्त्री जानु ले उनको सत्ता मोह स्पस्ट हुन्छ "| यसै गरी सत्ताधारी दल मधेशी जानअधिकार फोरम का नेता तथा उप-प्रधानमन्त्री विजयकुमार गच्छदारले भने - " प्रधानमन्त्री आफुले चाहेजति विदेशमा बस्न सक्दछन् | नेपालको कानुनबाट  उनलाई कुनै  रोकावट हुने छैन | नेपालको शान्ति सुरक्षा कायम गर्न म एक्लै सक्षम छु | प्रधानमन्त्री नहुदैमा कुनै समस्या उत्पन्न हुदैन" | प्रमुख बिपक्षी दलका बिद्यार्थी संगठनहरुको भर्खर सम्पन्न आकस्मिक बैठक ले प्रधानमन्त्रीको उक्त भ्रमण बिरुद्द ११ बुदें खेद प्रस्ताब तथा संघर्षको कार्यक्रम सार्बजनिक गरेको | जसअनुसार अब प्रधानमन्त्री पुत्री लाई  समेत कालो झन्डा देखाउने निर्णय बैठक ले गरेको | प्रधानमन्त्री पुत्री लाई आफ्नो प्रधानमन्त्री बाबु को साथ मा इरान गएर प्रतिगमन लाई सहयोग गरेको आरोप प्रमुख बिपक्षी दलका बिद्यार्थी नेताहरु ले लगाएका छन् |

Thursday, August 30, 2012

नेपाली फुटबल खेलाडीहरुले अन्तराष्ट्रिय खेल खेल्न नपाउने

भारतको राजधानी नयाँ  दिल्लीमा जारी नेहरु कपमा नेपालको लज्जास्पद प्रदर्शन पछि एन्फाको आकस्मिक बैठक बसेको छ | बैठकले अगामी दुई वर्षसम्म नेपाली खेलाडीलाई कुनैपनि अन्तररास्ट्रीय प्रतियोगितामा सामेल नगराउने निर्णय गरेको एन्फा अध्यक्ष गणेश थापाद्वारा जारी विज्ञप्तिमा भनीएको छ | हामी संगको संछिप्त प्रतिक्रियामा  अध्यक्ष  थापाले भन्नु भयो - " बिगत केहि समयदेखिको नेपाली खेलाडीहरुको खराब प्रदर्शनबाट हामी लाई चिन्तीत बनाएको छ | खेलकुदको गुणस्तर उकास्न तथा नेपाली खेलकुद स्तर बिश्वसामु देखाउनुको सट्टा आन्तरिक प्रशिक्षणमा खेलाडीहरुलाई सामेलगराउने  निर्णय आजको बैठकले गरेको छ " | यसै गरी बैठकले भारतसंगको खेलमा म्यान अफ द म्याच घोषित किरण चेम्जोंगलाई बधाई दिदै उनले प्राप्त गरेको १५०० डलर जफत गरी एन्फाको अन्तरिक विवाद समाधानमा खर्च गर्ने निर्णय समेत गरेको छ |


नेपाली राष्ट्रिय फुटबल टीम 





उता नेपाली  फेसबुक प्रयोगकर्ताहरुले एन्फाको उक्त निर्णयको बिरोध आफ्नो वालमा लेखेर गरि रहेका छन् |
काठमाडौँका सुबाश थापाले आफ्नो फेसबुक वालमा लेखेका छन् - " येस्तै पारा हो भने  फेसबुकमा रहेका हामी सम्पूर्ण नेपाली फूटबलप्रेमी हरु एकजुट भएर नेपाल बन्द सम्मको कार्यक्रम आयोजना गर्नु पर्ने अवस्था आउन सक्दछ | अत: एन्फालाई आफ्नो निर्णय पुनर्विचार गर्न आग्रह गर्दछु " |  राष्ट्रिय टीमका खेलाडीहरुले उक्त निर्णयको मिश्रित प्रतिक्रिया दिएका छन् | नाम उल्लेख नगर्ने सर्तमा एक खेलाडीले भने - " गाउँमा यो वर्ष राम्रै संग पानि पर्यो भन्छन् | अब घर गएर खेतीपातीमा बा आमा लाई सहयोग गर्नु पर्यो  " |
यसैगरी अर्का खेलाडीले भने - " एन्फाले ढिलो निर्णय गरेको ले आज नेपालले लज्जास्पद हार बेहोरेको हो | एक वर्ष अगाडी नै यो निर्णय गएको भए नेपालले न त गोल खानु पर्थ्यो न त हार नै ब्यहोर्नु पर्दथ्यो " |


पछिल्ला ५ खेलमा नेपालको नतिजा ( तस्बिर सौजन्य: गोल डट कम)