Thursday, August 30, 2012

नेपाली फुटबल खेलाडीहरुले अन्तराष्ट्रिय खेल खेल्न नपाउने

भारतको राजधानी नयाँ  दिल्लीमा जारी नेहरु कपमा नेपालको लज्जास्पद प्रदर्शन पछि एन्फाको आकस्मिक बैठक बसेको छ | बैठकले अगामी दुई वर्षसम्म नेपाली खेलाडीलाई कुनैपनि अन्तररास्ट्रीय प्रतियोगितामा सामेल नगराउने निर्णय गरेको एन्फा अध्यक्ष गणेश थापाद्वारा जारी विज्ञप्तिमा भनीएको छ | हामी संगको संछिप्त प्रतिक्रियामा  अध्यक्ष  थापाले भन्नु भयो - " बिगत केहि समयदेखिको नेपाली खेलाडीहरुको खराब प्रदर्शनबाट हामी लाई चिन्तीत बनाएको छ | खेलकुदको गुणस्तर उकास्न तथा नेपाली खेलकुद स्तर बिश्वसामु देखाउनुको सट्टा आन्तरिक प्रशिक्षणमा खेलाडीहरुलाई सामेलगराउने  निर्णय आजको बैठकले गरेको छ " | यसै गरी बैठकले भारतसंगको खेलमा म्यान अफ द म्याच घोषित किरण चेम्जोंगलाई बधाई दिदै उनले प्राप्त गरेको १५०० डलर जफत गरी एन्फाको अन्तरिक विवाद समाधानमा खर्च गर्ने निर्णय समेत गरेको छ |


नेपाली राष्ट्रिय फुटबल टीम 





उता नेपाली  फेसबुक प्रयोगकर्ताहरुले एन्फाको उक्त निर्णयको बिरोध आफ्नो वालमा लेखेर गरि रहेका छन् |
काठमाडौँका सुबाश थापाले आफ्नो फेसबुक वालमा लेखेका छन् - " येस्तै पारा हो भने  फेसबुकमा रहेका हामी सम्पूर्ण नेपाली फूटबलप्रेमी हरु एकजुट भएर नेपाल बन्द सम्मको कार्यक्रम आयोजना गर्नु पर्ने अवस्था आउन सक्दछ | अत: एन्फालाई आफ्नो निर्णय पुनर्विचार गर्न आग्रह गर्दछु " |  राष्ट्रिय टीमका खेलाडीहरुले उक्त निर्णयको मिश्रित प्रतिक्रिया दिएका छन् | नाम उल्लेख नगर्ने सर्तमा एक खेलाडीले भने - " गाउँमा यो वर्ष राम्रै संग पानि पर्यो भन्छन् | अब घर गएर खेतीपातीमा बा आमा लाई सहयोग गर्नु पर्यो  " |
यसैगरी अर्का खेलाडीले भने - " एन्फाले ढिलो निर्णय गरेको ले आज नेपालले लज्जास्पद हार बेहोरेको हो | एक वर्ष अगाडी नै यो निर्णय गएको भए नेपालले न त गोल खानु पर्थ्यो न त हार नै ब्यहोर्नु पर्दथ्यो " |


पछिल्ला ५ खेलमा नेपालको नतिजा ( तस्बिर सौजन्य: गोल डट कम)

No comments:

Post a Comment