Friday, August 31, 2012

प्रधानमन्त्री भट्टराई लोडसेडिंग सम्मेलनमा भाग लिन दक्षिण अफ्रिका जादै

असंलग्न राष्ट्रको  शिखर  सम्मेलनमा भाग लिन इरान जानुभएका प्रधानमन्त्री बाबुराम भट्टराई प्रथम  बिश्व  लोडसेडिंग सम्मेलनमा भाग लिन दक्षिण अफ्रिका जानु हुने भएको छ | श्रोतका अनुसार प्रधानमन्त्री भट्टराईले उक्त सम्मेलनमा लोडसेडिंगका बाबजुद नेपालले गरेको प्रगति तथा नेपालीहरु को सहनशीलता को बारेमा समेत  बोल्नुहुने कार्यक्रम तय भएको छ | प्रधानमन्त्री कार्यालयका प्रबक्ताले उक्त खबर को पुस्टि गर्दै भने - " नेपालबाट इरान जाने बेला सम्म उक्त सम्मेलनको औपचारिक निमन्त्रणा नआएको भए पनि हिजो राती रास्ट्र संघका महासचिव वान की मुन संग को भेटमा नेपाली प्रधानमन्त्रीलाई उक्त सम्मेलनमा सहभागिता जनाउन आग्रह गरिएको थियो |  नेपालको राजनीतिक स्थिति पनि सहज रहेको तथा प्रधानमन्त्रीकालको आफ्नो अन्तिम विदेश भ्रमण हुन सक्ने भएकाले उहाँले बिश्व  लोडसेडिंग सम्मेलनमा भाग लिने निघो गर्नु भएको हो "| कार्यक्रमको बारेमा थप जानकारी प्राप्त भए पनि उक्त सम्मेलनमा प्रधानमन्त्री भट्टराईले आफ्ना बिदेशी  समकक्षीहरुलाई भेटेर  नेपाल भ्रमणको निम्ति आमन्त्रण गर्ने  तथा लोडसेडिंगको उपयोगिताबारे जानकारी दिने तयारी नेपाली टोलीले गरेको छ |

प्रधामन्त्री भट्टराई इरानजाने क्रममा  ( तस्बिर सौजन्य: इकान्तिपुर डट कम )


यता बिपक्षी दलले भने प्रधानमन्त्रीको यो भ्रमणको आलोचना गरेका छन् | रिपोर्टस क्लबमा आयोजित एक कार्यक्रममा नेपाली काँग्रेसका एक नेताले भने - " प्रधानमन्त्रीको उक्त कदम सरासर गलत छ | छिट्टै नेपाल फर्केर सत्ताको साचोँ बिपक्षी दललाई सुम्पनुको सट्टा पुन: अर्को देश को भ्रमणमा प्रधानमन्त्री जानु ले उनको सत्ता मोह स्पस्ट हुन्छ "| यसै गरी सत्ताधारी दल मधेशी जानअधिकार फोरम का नेता तथा उप-प्रधानमन्त्री विजयकुमार गच्छदारले भने - " प्रधानमन्त्री आफुले चाहेजति विदेशमा बस्न सक्दछन् | नेपालको कानुनबाट  उनलाई कुनै  रोकावट हुने छैन | नेपालको शान्ति सुरक्षा कायम गर्न म एक्लै सक्षम छु | प्रधानमन्त्री नहुदैमा कुनै समस्या उत्पन्न हुदैन" | प्रमुख बिपक्षी दलका बिद्यार्थी संगठनहरुको भर्खर सम्पन्न आकस्मिक बैठक ले प्रधानमन्त्रीको उक्त भ्रमण बिरुद्द ११ बुदें खेद प्रस्ताब तथा संघर्षको कार्यक्रम सार्बजनिक गरेको | जसअनुसार अब प्रधानमन्त्री पुत्री लाई  समेत कालो झन्डा देखाउने निर्णय बैठक ले गरेको | प्रधानमन्त्री पुत्री लाई आफ्नो प्रधानमन्त्री बाबु को साथ मा इरान गएर प्रतिगमन लाई सहयोग गरेको आरोप प्रमुख बिपक्षी दलका बिद्यार्थी नेताहरु ले लगाएका छन् |

No comments:

Post a Comment