Friday, August 31, 2012

दलहरु बिच चाडै सहमति गर्ने सहमति

तीन दलका शिर्ष नेताहरुको हिजो बसेको बैठकले दलहरु बिचको असहमतिका बिषयमा नयाँ चिराबाट सहमति खोज्ने निर्णय गरेको छ | गोकर्ण रिसोर्टमा रात्रिभोज सहित भएको उक्त बैठकमा तीन दलका १५ भन्दा बढी शक्तिशाली नेताहरुको उपस्थिति रहेको थियो | बैठकपछि संछिप्त प्रतिक्रिया दिदै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल " प्रचण्ड " ले भने - " वास्तबमा आजको तीन दलको बैठकले आज एउटा ठुलो सहमति गरेको छ | असहमतिका बिषयमा चाडैनै सहमति गर्नुपर्नेमा कसैको असहमति रहेन | नेपाली शान्ति प्रक्रियामा अहिले सम्मको ठुलो उपलब्धि यही नै हो " | हिजोको बैठकको निर्णय बारे काँग्रेस नेता रामचन्द्र पौडेलले लन्डनबाट छोराले चलाउने गरेको आफ्नो फेसबुक एकाउन्टमा लेखेका छन् - " कांग्रेसले पहिले देखि नै सहमतिको कुनै विकल्प छैन भन्दै आएको हो | अब शान्ति, संबिधान र  प्रधानमन्त्री सबै मा एकै पटक सहमति गरिन्छ " | एमाले कार्यकर्ताहरु को  निमन्त्रणामा अमेरिका पुगेका एमाले नेता माधवकुमार नेपालले सहमति भएको जानकारी पाउने बित्तिकै प्रचण्डलाई फोन गरेर बधाई दिएको दाबी सूत्रहरु ले गरेका छन्  |




                                                                                                                                         तस्बिर सौजन्य: नेपाल २४ आवोर्स डट कम




उता एमालेका अर्का प्रभावशाली नेता के. पी. ओली भने दलहरुको उक्त सहमति हुदै गर्दा हिजै राती स्वास्थ्य उपचारको लागि भनेर दिल्ली प्रस्थान गरेका छन्  | असंलग्न राष्ट्रहरुको शिखर सम्मेलनमा भाग लिन इरानको तेहरान पुगेका प्रधानमन्त्री बाबुराम भट्टराईले भने दलहरु को उक्त निर्णयको बारेमा आफुलाई कुनै जानकारी नभएको तथा आफ्नै नेतृत्वको सरकारले शान्ति र संबिधानका बाकीं काम पूरा गर्ने जानकारी पुत्री मनाशी भट्टराईको ट्वीटरबाट गराएका छन् |


No comments:

Post a Comment