Saturday, September 1, 2012

हेल्लो सरकार संकटमा

अनिल कपूर शैलीमा खोलिएको " हेल्लो सरकार " प्रयोजन बिहिन  बन्दै गएको छ | स्थापनाको सुरुवाती दिनहरुमा निकै नै चर्चा बटुलेपनि आएका समस्याहरु को उपयुक्त समाधान निकाल्न नसक्दा हेल्लो सरकारमा गुनासोहरु निकै कम आउने गरेको जानकारी प्रधानमन्त्री कार्यालयका एक कर्मचारीले दिए | 
उनका  अनुसार पहिले दिनहु आउने फोन उठाउन समेत कर्मचारीहरु लाई धौ - धौ हुने गरेकोमा आजकल कर्मचारीहरु फेसबुक चलाएर फोनको पर्खाईमा बस्दै आएका छन् | अघिल्लो हप्ता ६ वटा मात्र गुनासो सर्वसाधारणले गरेको मध्ये ५ वटा गुनासो प्रधानमन्त्रीको राजिनामाका बिषयमा थिए | प्रधानमन्त्री कार्यालयले यसमा बिपक्षीहरुको घुसपैठ हुन सक्ने आसंका गरेको छ  | उता जनताहरु भने जति गुनासो गरे पनि अहिलेसम्म कुनै गुनासो सम्बोधन नभएकोले आजकल गुनासो गर्नै छाडेको प्रतिक्रिया दिन्छन | भ्रस्टाचार बिरुद्द शून्य सहनशीलता अपनाउछु भन्ने प्रधानमन्त्री भट्टराई  भ्रस्टाचार बिरुद्द लाग्ने मान्छेहरु माथि नै शून्य सहनशीलता अबलम्बन गर्न लागेको तथा हिन्दी सिनेमाबाट निकै प्रभावित रहेको भन्दै सर्वसाधारणहरु उनिसंग रुष्ट छन् | 

                                                                                                                               तस्विर सौजन्य-लेक्सलिम्बु डट कम 



उता नेपाली चलचित्र विकास बोर्डले समेत प्रधानमन्त्री भट्टराईको हिन्दी चलचित्र मोहलाई मन  पराएको छैन | " चौतर्फी रुपमा नेपाली चलचित्रमा मौलिकता हुनुपर्यो भन्ने आवाज उठिरहेको बेलामा प्रधानमन्त्री जस्तो व्यक्तिले नै हिन्दी चलचित्रको नक्कल गरेमा मौलिक धारमा चलचित्र बनाउने निर्देशक हतोत्साहितहुने तथा यसले नेपाली चलचित्र बिधालाई निकै पछिल्तिर धकेल्ने भएकाले स्वदेशी चलचित्रका नायकको अभिनय नक्कलगर्न चलचित्र विकास बोर्ड प्रधानमन्त्रीसमक्ष बिनम्र अनुरोध गर्दछ " - चलचित्र विकास बोर्डले जारी गरेको बिज्ञप्तिमा भनिएको छ  |

No comments:

Post a Comment